बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जर्नेलहरुको जिम्मेवारी फेरियो !

सोमबार, फाल्गुन १ २०७९

काठमाडौँ – नेपाली सेनाका प्रादेशिक प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ । हालैको सरुवामा पूर्वी पृतनाबाट उपरथी सहदेव खड्कालाई सेनाको वार कलेज नगरकोट ल्याइएको छ । त्यसैगरी निरीक्षणाधिकृत (आइजी अफिस) का योगराज शर्मालाई नीति,योजनामा सरुवा गरिएको छ । शर्मालाई कृष्णदेव भट्टले सम्हाल्दै आएको विभागमा पुर्याइएको हो । भट्टचाहिँ पछिल्लो बढुवामा परेर आनन्द अधिकारी घर गएसङ्गै रिक्त  ठाउँमा गएका छन् । 

army_hp1uBmQwCi.jpg

यता उपत्यका पृतना प्रमुखको जिम्मेवारी सागर थापालाई दिइएको छ। केही महिनाअघि यौटा रिसोर्टको कुटपिट काण्डमा मुछिएका उनी तत्कालीन राजा वीरेन्द्र शाहका एडीसी ताराबहादुर थापाका छोरा हुन् । केही महिनाअघि नुवाकोटको ककनीमा श्रीमतीसहित एक दर्जनको हुल लिएर रात बस्न पुगेका उनले त्यहाँ खानपिन गरिरहेका एक जोडीलाई भुत्लाभुत्ली गरेर लखेटी आफू पनि पैसा नतिरी वीचैमा घर फर्केका थिए ।

सेनाको मुख्यालयमा अहिले दुई तारे एजीको दरवन्दी खाली छ । यसबीच सेनापतिको सैनिक सचिव पनि परिवर्तन गरिएको छ । सैनिक सचिवमा काभ्रेको भकुण्डेस्थित २६ बाहिनीबाट ज्योतेन्द्र महतलाई ल्याइएको छ । 

2.JPG
हालका सैनिक सचिव गौरव केसीलाई भने ३ नम्बर बाहिनीमा सरुवा गरिएको छ । खैरेनीको बाहिनीपति रहेका तत्कालीन प्रमुख पूर्णचन्द्र थापाका एडिसी प्रेम पुन पनि यसवीच जङ्गी अड्डामा  तानिएका छन् । जनआस्थाबाट

3.jpg