मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नीर शाहले दिए राजीनामा

बिहिबार, माघ २६ २०७९

काठमाडौं  । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले राजीनामा दिएका हुन्।

शाहले भने ‘बोर्डका विभिन्न खालका केही काम भएका छन्। तर, त्यो सल्लाह बमोजिम भएका होइनन्। के निर्णय हुँदै छ भन्ने थाहा भए कम्तीमा आफ्नो राय सुझाव दिन सकिन्थ्यो,’ शाहले भने, ‘के निर्णय हुँदै छ भन्ने थाहै नहुँदा आफ्नो रायसमेत राख्ने अवस्था नभएको स्थितिमा त्यहाँ बसिरहनु मैले उचित ठानिनँ।’ 

 केही दिन अगाडि मात्रै सल्लाहकार समिति सदस्यबाट रवीन्द्र खड्काले पनि राजीनामा दिएका थिए।