बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बेसहारा लघु चलचित्र सार्वजनिक

मंगलबार, माघ २४ २०७९

काठमाण्ठडौँ सहरमा फुटपाट पसलहरु सबै हटाइएको छ । केहि मानिस यसलाई राम्रै काम गरेको भनेर मेयर बालेनको तारिफ गरिरहेकाछन् तर यसको गहिरहिमै गएर बुझ्ने हो भने यसले एक आम मानिस जसले फुटपाटमा ब्यपार गरेरै जिविका चलाइरहेका छन् । उनिहरुको जिन्दगी निकै दयनिय स्तिथिमा पुगको छ । कोहि पनि मानिस त्यसै फुटपाटमा ब्यपार गर्न आउदैन त्यसको लागि उसको जिवन धेरै परिस्थितबाट गुज्रिएको हुन्छ । यसै कथालाई बोकेर अहिले यु ट्युबमा लुकेको कथा च्यानल मार्फत बेसहारा लघु चलचित्र प्रसारण भइरहेको छ । बेसहारामा एक एकल महिला कसरी काठमाण्डौँ जस्तो ठुलो सहरमा आइपुग्छिन् र के कति कारणले गर्दा उनि एक फुटपाट ब्यपारी पुग्छिन् रु यो सबै कुरा निकै रोचक तरिकाले यस चलचित्रमा प्रस्तुत गरिएको छ । यो कथाको लेखन र निर्देशन रोमियो गुरुङ्गले गरेकाछन् भने मुख्य अभिनयमा स्नेहा छेत्री, आकाश कुवँर, लक्ष्मी तामाङ, प्रभाष लिम्बु आदि रहेकाछन् ।