बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नयाँ शक्तिका उम्मेदवार बेपत्ता ! अपहरणमा परेको दावी

बिहिबार, बैशाख २१ २०७४

काठमाडौं, २१ वैशाख । 

नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका – ७ का वडाध्यक्षका उम्मेदवार मदन गिरी बुधबार बेलुकाबाट बेपत्ता भएका छन्  । बुधबार बेलुकादेखि बेपत्ता  भएका गिरी अपहरणमा परेको नयाँ शक्ति पार्टीले दावी गरेको छ ।

बुधबार साँझ ७ः१२ बजे उनी काठमाडौंको नयाँ बजारबाट वेपत्ता भएका हुन्  । नयाँ शक्तिले चार जनाको समूहले अपहरण गरेको दाबी गरेको छ । सोही अनुसार नै नयाँ शक्तिले आफ्ना उम्मेदवार अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी गरेको छ ।

आफ्नो पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्ति पार्टीकी केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् ।

वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको यमीले बताइन् । गिरी खासै चर्चामा रहेका ब्यक्ति होइन, तर गिरीलाई नै अपहरण कसले गर्यो ।’ प्रश्न उठेको छ । ब्यक्तिगत लेनदेन वा अरु कुनै कारणले सम्पर्कविहीन भएको हुन सक्ने आशंका पनि गरिएको छ ।