दिपिका पौडेल र कृष्ण समिप सुवेदीको आवाज रहेको ‘सलल काली गङ्गा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुवेदी आफैंले गरेका हुन् । कालीगंगा र जलजला साथै धौलागिरी आसपासका पर्यटकीय एवं धार्मिक स्थलको विशेष गीतमा चर्चा गरिएको छ । भिडियोमा सुधिर श्रेष्ठ र नारायणी खत्रीले अभिनय गरेका छन् । महेश महराको छायांकन,अमृत चापागाईंको सम्पादन मा रहेको यस गीतलाई कुमार के सी ले निर्देशन गरेका हुन् ।