बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, माघ २३ २०७९

काठमाडौं  । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार अमेरिकी डलरको सोही मूल्यमा कारोबार भएको थियो। 

आज युरोपियन युरो सोमबार एक रुपैयाँ ८ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४१ रूपैयाँ २ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। आइतबार यसको खरिददर १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६  पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्डको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको छ। अघिल्लो कारोबारको तुलनामा २ रुपैयाँ ५९ पैसाले घटेको छ । आइतबार यसको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७७ पैसा तोकीएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य १ रुपैयाँ ८३ पैसाले घटेर यसको खरिदमूल्य ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसा तोकिएको छ । यसअघि आइतबार यसको खरिददर ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९७ पैसा तोकेको छ।

यस्तै, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३० रूपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ११ पैसा तोकिएको छ ।