मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

‘नेपाल इकोनोमिक समिट २०२३’ आयोजना हुँदै

आइतबार, माघ २२ २०७९

काठमाडौं । नेकपा एमाले निकट उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले ‘नेपाल इकोनोमिक समिट २०२३’ आयोजना गर्ने भएको छ ।

आउँदो  बैशाख २४ गते  महासंघको  स्थापना दिवसको सन्दर्भमा ‘नेपाल इकोनोमिक समिट २०२३’ काठमाडौंमा आयोजना गर्ने महासंघले जनाएको छ  ।

माघ७ गते एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यमा बसेको महासंघको तेस्रो विस्तारित बैठकले ‘नेपाल इकोनोमिक २०२३’ को आयोजना गर्ने निर्णय गरेको हो । 

सम्मृद्ध नेपाल सुखी नेपालीलाई मूर्तरुप दिन यसप्रकारको कार्यक्रममको आयोजना गर्न लागिएको महासंघका अध्यक्ष एल.पि सावाँ लिम्बुले बताए । प्रतिनिधि सभा सांसद समेत रहेका अध्यक्ष सावाँले सम्मेलनलाई भव्य बनाउन महासंघ तयारीमा जुटिसकेको जानकारी दिए ।

नेपाल प्राकृति स्रोत र साधनले सम्पन्न भएतापनि पर्याप्त मात्रामा पुँजीको अभाव, परम्परागत कृषि प्रणाली, सरकारको कमजोर औद्योगिक  नीति ,नयाँ नयाँ  प्रविधिको अभाव, दुई ठुला राष्ट्रको तुलनामा नेपालको  कमजोर अर्थ ब्यवस्थाका कारण आजसम्म नेपालले आर्थिक प्रगति गर्न नसकेको अध्यक्ष सावाँको भनाइ छ ।

सूचना प्रविधि, उर्जा ,कृषि, खनिज, बित्तीय र पर्यटनसंग सम्बन्धित मुद्दाहरुमा केन्द्रीकृत यस प्रकारको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।