बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पुरानो बानेश्वरमा बाबु-छोरी मृत भेटिए, छोरीको हत्यापछि बाबुले आत्महत्या गरेको आशंका

आइतबार, माघ २२ २०७९

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ ।

मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन् । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।

घटना अपराह्न ३र४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ । घरमा चार जनाको परिवार बस्दै आएको भएपनि घटनाको दिन अरु दुई जना बाहिर थिए ।