मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रास्वपालाई गृहमन्त्री नदिने प्रचण्डको संकेत

मंगलबार, माघ १७ २०७९

काठमाडौं  । गृहमन्त्री पद दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आनाकानी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

यता नागरिकता विवाद सुल्झाएका सभापति रवि भने पुन गैरसांसदको हैसियतमा भएपनि गृहमन्त्रीमा दोहोरिन चाहान्छन् । गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले बताए । 

आज पनि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भावी गृहमन्त्रीका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन आग्रह गरेका थिए । 

नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । 

नागरिकताको प्रमाणपत्र लिएसँगै पार्टी सभापतिमा चयन भएका लामिछाने पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ गरिरहेका छन् । 

सोही क्रममा मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड भने तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा छैनन् ।

सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।

माओवादीका नेताहरुले सरकार गठनका बेला हतारमा भएको निर्णय करेक्सन गरेरै भएपनि गृहमन्त्रालय आफूले राख्न चाहेको बताउँदै आएका छन् ।