बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीको पदाधिकारी बैठक बस्दै, गृह मन्त्रालयबारे छलफल हुने

सोमबार, माघ १६ २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रवि लामिछानेको नेपाली नागरिकता  सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।

आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन् ।

माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो । 

रविलाई गृहमन्त्री नबनाउन प्रचण्डलाई पार्टी भित्रै दबाब रहेको समाचार बाहिरिएका छन् । माओवादीसँग एउटा पनि शक्तिशाली मन्त्रालय नभएको भन्दै गृह मन्त्रालयमा माओवादी गरेको हो । 

प्रचण्ड गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन् भने एमाले लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन दबाव दिएको बुझिएको छ ।