बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

धनुषामा: हिरासतको पर्खाल तोडेर ६ जना थुनुवा भागे

सोमबार, माघ १६ २०७९

काठमाडौँ – धनुषामा ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ अभियुक्त फरार भएका हुन् ।

भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फरार भएकाहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।