दमक नगरपालिका–६ फर्निचर लाईनस्थित विर्तामोड नगरपालिका–२ बस्ने विकाश भट्टराईको बालाजी फर्निसिङ पसलमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल आउँन बाँकी रहेको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।