बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बढ्यो सुनको मूल्य,  कतिमा भइरहेको छ आज कारोबार ?

आइतबार, माघ १५ २०७९

काठमाडौं  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।  नेपाली बजारमा आज  छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।