मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

विराज र आशाको अभिनय रहेकाे म्युजिक भिडियो  ‘सुवाश फूलको’ मा कल्याण चौलागाईंको कोरियोग्राफी

आइतबार, माघ १५ २०७९

काठमाडौं ।  विराज कार्की र आशा मगरको अभिनय रहेको  ‘सुवाश फूलको’ बोलको गित सार्वजनिक भएको छ ।

खेमशारु मगर र मित्र के.सीको शब्द रहेको यस गीतमा संगित खेमशारु मगरको रहेको छ । विशाल निरौलाको एरेन्ज रहेको गीतलाई रन्जन राईले मिक्सिङ्ग गरेका हुन् । यस गीतमा हिमाल घर्ती मगर र ममता गुरुङ्गले आफ्नो सुमधुर स्वर दिएका छन् । यस गीतलाई रानभ इन्टरटेनमेन्ट नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

नारायण मगरको निर्देशन रहेको यस गीतको भिडियोलाई कल्याण चौलागाईंले कोरियोग्राफी गरेका हुन् । रोनिस तामाङ्गले छायाँङ्कन गरेको यस म्यूजिक भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।