बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिका प्रतिद्वन्द्वी उम्मेदवारबीच आरोप प्रत्यारोप

मंगलबार, बैशाख १९ २०७४

फ्रान्स, १९ वैशाख ।

फ्रान्सको राष्ट्रपतीय निर्वाचनकी अति दक्षिणपन्थी उम्मेदवार मरीन ल पेनले युरोपेली संघ ९इयु० समर्थक मध्यमार्गी प्रतिद्वन्द्वी एम्यानुएल म्याक्रोंलाई निरन्तरतावादी उम्मेदवार भएको आरोप लगाएकी छिन्।

म्याक्रों अलोकप्रिय निवर्तमान राष्ट्रपतिसंग सम्बन्धित भएको उनको भनाइ छ। मध्यमार्गी उम्मेदवार एम्यानुएल म्याक्रों राष्ट्रपती फ्राँस्वा ओलाँदको सरकारमा मन्त्री थिए।

आइतबार हुने निर्वाचनको दोस्रो चरणअघि गरिएका मत सर्वेक्षणमा ल पेन माक्रों भन्दा २० प्रतिशत कम लोकप्रिय देखिएकी छिन्।

परम्परागत रुपमा श्रमिक दिवसमा वामपन्थी र दक्षिणपन्थी संघहरुले गर्ने कार्यक्रमहरु शुरु भएपछि फ्रान्सले उच्च सतर्कता अपनाइरहेको छ। पाँच वटा ठूला संघले आफ्ना सदस्यहरुलाई न्याशनल फ्रण्टकी नेतृ ले पेनलाई मत नदिन आह्वान गरेका छन्।

तर दुईवटा संघले मात्रै म्याक्रोंको समर्थन गरेका छन्। सोमबार नै केही समय पछि जुलुस आयोजना गर्ने म्याक्रोंले यो भन्दा अघि— इयु सुधारिनुपर्ने, नत्र फ्रान्स इयुबाट बाहिरिने सम्भावना रहने – बीबीसीलाई बताएका थिए।

मरीन ले पेनले पछिल्ला वर्षमा न्याशनल फ्रण्ट पार्टीलाई आधुनिक बनाउने प्रयास गरेकी छिन्। प्यारिसमा आयोजना गरिएको जुलुसमा उनले आफूलाई परिवर्तन, विश्वास र सकृयताको उम्मेदवार भनेकी छिन्।

म्याक्रोंमाथि आक्रमण गर्दै उनले म्याक्रों रोजगारीको कमी र व्यापारको विनाशलाई निरन्तरता दिने पक्षको भएको बताइन्।
४८ वर्षीया ले पेनले इयु विरोधी धारणाको फाइदा उठाएकी छिन् र फ्रान्सको सदस्यता सम्बन्धी जनमतसंग्रह गराउने वाचा गरेकी छिन्।

इयुबाट फ्रान्सको सीमाना फिर्ता लिने र आप्रवपास घटाउने वाचा गरेपछि उनले ग्रामीण र भूतपुर्व औद्योगिक क्षेत्रमा समर्थन पाएकी छिन्।