काठमाडौँ – कुनै पनि कर्पोरेट हाउसको नेतृत्व लिनु फरक कुरा हो, त्यो भन्दा फरक कुरा नेतृत्व लिएको संस्थालाई सफल बनाउनु हो । नेतृत्व लिएर कुनैपनि कम्पनीलाई सफल बनाईन्छ, भने त्यो ऐतिहासिक हुन्छ । यतिखेर यो ऐतिहासिक अवसर जुरेर पनि सफल भईसकेका छन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाँडे र उक्त बैंकमा व्यवस्थापन प्रमुखकोरुपमा रहेका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे । यि दुईको कुशल नेतृत्व तथा कार्यदक्षता, दुरदर्शी दृष्टिकोण, सिंगो कर्मचारी संयन्त्रलाई मिलाएर लान सक्ने क्षमता, नियमनकारी निकायको ऐन, नियम र परिधिभित्र बसेर गर्ने तथा गरिने उत्कृष्ट र विश्वस्तरीय बैंकिङ अभ्यासले गर्दा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आजको यो उचाई चुम्न सफल भएको हो ।
नेपालको राष्ट्रिय अर्थतन्त्र, बैंकिङ क्षेत्रको विकास र बिस्तार एवं नेपाली बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पनि सुरुवाती चरणदेखि नैं उल्लेखनीय भुमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकले यही पुस २७ गते मेगा बैंकलाई गाभेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बनेपछि राष्ट्रिय अर्थतन्त्रमा यो बैंकको भुमिका अझ निकै बढेर गएको छ । यो भुमिका बढाउनको लागि बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत पाण्डेको निकै नै ठुलो भुमिका रहेको छ । बैंकका अध्यक्ष पाँडेसंगै ३० बर्ष भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । सन् १९७८ मा भारतबाट चार्टड एकाउन्टेन्सीमा डिग्री हाँसिल गरेपछि पाँडेले नेपाल राष्ट्र बैंकको विभिन्न विभागमा सन् १९९० सम्म काम गरेका थिए । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकमा जनरल म्यानेजर समेत भएका पाँडेले सन् १९९४ मा पाकिस्तानको हविव बैंक समेतको साझेदारीमा हिमालयन बैंकको स्थापना गरेका थिए। त्यसपछि भने तत्कालीन नेपाल इण्डोसेज बैंक हुदैं नेपाल इन्भेष्टमेन्ट बैंक सञ्चालक गरेका पाँडेले यो बैंकलाई अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बनाएका छन् ।
यो दौरानमा पाँडेले बैंकिङ क्षेत्र मार्फत नेपालको समग्र क्षेत्रको विकासमा निकै नै ठुलो योगदान दिएका छन् । यस्तै योगदान उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका ज्योति प्रकाश पाण्डेको पनि रहेको छ । तत्कालीन समयमा भारतबाट एमबिए गरे पश्चात सन् १९८८ मा तत्कालीन नेपाल इण्डोसेज बैंक मार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका पाण्डे सन. १९९२ मा उक्त बैंकमा इन्टरनेशनल बैंकिङ डिर्पाटमेन्टको प्रमुख रहेका थिए । त्यसपछि भने हिमालयन बैंकमा आवद्ध भएका पाण्डेले उक्त बैंकमा मार्केटिङ हेड, ब्रान्च म्यानेजर, हेड अफ क्रेडिट लगायतका तहहरुमा बसेर सन् १९९२ सम्म काम गरे। त्यसपछि भने सन् २००२ मा एसिस्टेन्ट जनरल म्यानेजरकोरुपमा नेपाल इन्भेष्टमेन्ट बैंकमा आवद्ध भएका पाण्डे सन् २०१२ देखि उक्त बैंकमा प्रभुख कार्यकारी अधिकृत रहेका छन् । यो बैंकले मेगा बैंकलाई मर्ज गरी २०७९ पुस २७ गतेबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेपछि पनि व्यवस्थापन प्रमुख अर्थात प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी पाण्डेले नै पाएका छन् ।
पाँडे र पाण्डेको कुशल नेतृत्व कैं कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड अहिले ३४ अर्ब १२ करोड रुपैंयाँ चुक्ता पुँजी भएको निकै ठुलो बैंक बन्न सफल भएको छ । बैंकको कुल पुँजी अहिले ५८ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । यसैगरी बैंकको कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैंयाँ पुगेकोछ भने कुल निक्षेप तीन खर्ब ६० अर्ब दुई करोड रुपैंयाँ पुगेको छ । यस अवधिमा बैंकको कुल कर्जा रकम तीन खर्ब २९ अर्ब छ करोड रुपैंयाँ पुगेको छ । अहिले कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरु मध्येको एक अग्रणी बैंक बनेको छ ।
मर्जरपछि बैंकको शाखा संख्या दुई सय ९६ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर ४९, शाखारहित बैंकिङ्ग सेवा एक सय नौ तथा एटीएम सञ्जाल दुई सय ७९ वटा पुगेको छ । निकटत भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७५ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ ।