बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक 

आइतबार, माघ १ २०७९

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै उनले दिउँसो साढे १ बजेलाई बैठक बोलाएका हुन् ।

काठमाडौंबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन( एएनसी एटीआर ७२ जहाजको दुस्खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्रीले क्याबिनेट बोलाएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् ।