बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शंकरको संगीत, सुधाको शब्दमा रहेको ‘ख्याल ठट्टा’ सार्वजनिक

शुक्रबार, पुष २९ २०७९

काठमाडौं : लोकप्रिय गायक राजेश पायल राईको स्वरमा समावेश ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ । सन्देश मुलक यस गीतमा गीतकार सुधा मरहट्टाको  शब्द रहेको छ भने  शंकर थापा ’स्माइल’को  संगीत रहेको छ । यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन  गरेका छन् ।

म्युजिक भिडियोमा  हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियोलाई विकास दाहालले  सम्पादन गरेका हुन् । प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ ।

अनुराग रईगाई र सुधा मरहट्टाकोको लगानी रहेको यस भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो।  भिडियो ’सनराईज म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।