काठमाडौँ – प्रभु बैंकले यहीँ पुस २६ गतेबाट सेञ्चुरी कमर्सियल बैंक समेतलाई प्राप्ती गरी प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेको छ । कुनै समयमा प्रभु फाईनान्सबाट स्त्तरोन्ती भएर प्रभु विकास बैंक बनेको थियो । प्रभु विकास बैंक बनेपछि मर्जर र प्राप्ती प्रकृयालाई निरन्तर अगाडी बढाउँदै नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्वन्धी नीतिलाई समेत सफल बनाउँदै आएको प्रभु बैंकले आजको दिनसम्म आईपुग्दा तत्कालीन किष्ट बैंक, ग्राण्ड बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाईनान्स समेतलाई सफलरुपमा आफुमा मर्जर गरिसकेको छ । पछिल्लो समय सेञ्चुरी कमर्सियल बैंक समेतलाई आफुमा प्राप्ती गरी एकीकृत कारोबार सञ्चालन गरे पश्चात प्रभु बैंकको चुक्ता पुजी २२ अर्ब १३ करोड ८१ लाख ५८ हजार रुपैयाँ पुग्ने छ । यसैगरी प्राप्ती पश्चात प्रभुको कुल शाखा संख्या तीन सय ६३, कुल एटिएम काउन्टरको तीन सय तीन र कुल ग्राहक संख्या २६ लाख भन्दा बढी पुग्ने छ ।
हालको अवस्थमा सञ्चालनमा रहेका २५ वटा वाणिज्य बैंकहरु मध्येमा वित्तीयरुपमा निकै नै बलियो र सवल बैंक प्रभु बैंक कुनै समय विकास बैंक थियो भन्दा पछिल्ला धेरै पुस्ताहरुलाई अनौठो लाग्न सक्छ । स्थापनाकादेखि नै प्रभुसंग जोडिएको सञ्चालक एवं व्यवस्थापन समिती, सिंगो कर्मचारी संयन्त्र, आम सेयरधनी, ग्राहक, शुभचिन्तक नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सबैको सामुहिक प्रयासले प्रभु बैंकले आजको यो ईतिहाँस रचेको हो । अथवा भनौं प्रभु बैंक आजको यो अवस्थामा आईपुगेको हो । प्रभु बैंक विशेष गरी तत्कालीन ग्राण्ड बैंक नेपाल लिमिटेड, किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाईनान्स समेत गाभिएर बनेको बैंक हो । यदि यो बैंकको सञ्चालक समिती सही थिएन भने व्यवस्थापन समिती सही थिएन भने, यि दुई वटै समुहमा बैंकलाई अगाडि लैजाने स्पष्ट दृष्टिकोण थिएन भने सायद प्रभु बैंक अहिलेको अवस्थामा आउन सक्ने थिएन होला । प्रभु बैंकलाई यो उचाईमा ल्याउनको लागि व्यवस्थापकीय प्रमुखकोरुपमा रहेका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको निकै ठुलो हात रहेको छ ।
प्रमुख कार्यकारी शेरचनको दुरदर्शी दृष्टिकोण, कर्मचारी मैत्री चरित्र, सबैसगं मिल्ने स्वाभाव भएकै कारण बैंकले यो उचाई हाँसिल गरेको हो । नियमनकारी निकायले जारी गरेका ऐन नियमको परिधि भित्र रहेर शेरचनले बैंकको व्यवस्थापकीय बागडोर सम्हाल्दै आएका छन । सोही बागडोरका कारण बैंकले आजको दिनमा यो इतिहाँस रच्न सफल भएको हो । फरक संस्थाबाट आएका कर्मचारीहरुलाई सहीरुपमा व्यवस्थापन गर्न सकेको कारण आधा दर्जन बैंक तथा फाईनान्स कम्पनीहरुलाई मर्जर तथा प्राप्ती गरिसक्दा पनि प्रभु बैंकको व्यवस्थापन पक्ष, कर्मचारी संयन्त्र निकै नैं चुस्त, दुरुस्त र संस्था र आफ्नो आमग्राहक, शेयरनीप्रति बफादार बन्न सफल भएका छन् र बनिरहने छ्न । यसको श्रेय व्यवस्थापकीक प्रमुखकोरुपमा प्रमुख कार्यकारी अधिकृत शेरचनलाई नैं जान्छ ।
अहिले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा निकै नै बढेर गएको छ । यो बिचमा प्रतिस्पर्धा स्वच्छ हुन पर्छ, स्वच्छ वित्तीय प्रतिस्पर्धामा नै बैंकिङ क्षेत्रको भविस्य सुनिश्चित हुन्छ भन्ने मान्यता राख्ने प्रमुख कार्यकारी शेरचनले आगामी समय बैंकले निकै नै अगाडि लान सक्छन भन्ने विश्वास प्रभु बैंकका आम सेयरनधीहरुको रहेको छ। यि सबै सेयरधनीलाई लगानी अनुसारको प्रतिफल दिन प्रभु बैंकको व्यवस्थापन पक्ष दृण संकल्पका साथ लागि रहेको छ । प्रभु बैंक बलियो हुनु भनेको प्रभुसंग जोडिएका आम सेयरधनी, कर्मचारीहरु, ग्राहकहरु बलियो हुनु हो । यो सबै बलियो भएको खण्डमा थोरै भएपनि मुलुकको आर्थिक समृद्धिमा प्रभुको योगदान ठुलो रहने छ ।
प्रभु कै कारण मुलुकले आर्थिक समृद्धिका रेखाहरु कोर्र्नेछन । त्यो रेखा प्रत्येक ग्राहककको घरघर, गाउँगाउँ, टोलटोलमा पुग्ने छ । जसले प्रभु बैंकबाट नै कर्जा लिएर आर्थिक समृद्धि हाँसिल गरेका छन र गर्ने छन । यो दृण संकल्प प्रभु बैंकको हो, प्रभु बैंक परिवारको हो। अनि यसको व्यवस्थापकीरुपमा नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अशोक शेरचनको हो, सिंगो सञ्चालक समिती, कर्मचारी संयन्त्र, आम ग्राहक एवं शेयरधनी, सुभचिन्तक नियमनकारी निकायको पनि हो ।