बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलमा पाण्डे विजयी

बुधबार, पुष १३ २०७९

काठमाडौँ– नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गर्दै उनी संसदीय दलको नेतामा विजयी भएका हुन्। 

संस्थापन पक्षीय पाण्डेले १८ मत र संस्थापन इतर समूहमा रहेका अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये १ मत बदर भएको छ।

दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१) बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।