बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सप्तकोशी डेभलपमेन्ट बैकले कमायो एक करोड ६६ लाख

सोमबार, बैशाख ११ २०७४

  

काठमाडौ बैशाख ११
सप्तकोशी डेभलपमेन्ट बैकले पछिल्लो नौ महिनामा एक करोड ६६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  गत आवको सोही अवधिमा बंैकको यस्तो मुनाफा २८ लाख ९५ हजार रुपैयाँ रहेको थियो । 
हाल चुक्ता पुंजी २१ करोड १० लाख रुपैयाँ रहेको बैकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ करोड सात लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७६ करोड ७२ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी चार करोड ९९ लाख ३८ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा एक करोड ७७ लाख ८० हजार रुपैयाँ प्रोभिजन गरेको छ । राईट व्याक रकम एक करोड ४२ लाख २२ हजार रुपैयाँ रहेको बैकमा निष्व्रिmय कर्जा शुन्य दसमलव ७९ प्रतिसत रहेको छ भने स्प्रेड दर आठ दसमलव चार प्रतिसत रहेको छ ।