काठमाडौ वैशाख १० फष्र्ट माइक्रो फाईनान्स डेभलपमेन्ट बैकले बैशाखको अन्तिम साता १३ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्रि खुल्ला गर्ने भएको छ । बैकले पुंजी बृद्धिको बिद्यमान चुक्ता पुंजी २६ करोड ४५ लाख रुपैयाँ मध्येबाट दुई बराबर एकको अनुपातमा अंकित मुल्य एक सय रुपैयाँ कायम रहनेगरी १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो । ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रवन्धक मार्फत बैशाख २८ गतेबाट खुल्ला हुने हकप्रदको बिक्रि कार्य आगामी जेठ ३१ गतेसम्म जारी रहने छ । हाल अधिकृत पुंजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ रहेको बैकको हकप्रद सेयरको बिक्रि पश्चात चुक्ता पुंजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।