काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणका ४ खेलहरु हुँदैछन् ।
विश्वकपमा आज समूह ‘एच’ र समूह ‘जी’ को दुई/दुई खेलहरु हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।
यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ भने अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना छ । पोर्चुगल ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहँदा घाना ३ अंक जोडेर दोस्रो स्थानमा छ । दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा छ ।
यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यस समूहको दुवै खेल राति १२:४५ बजे शुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।
ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्याण्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ ।