बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मंगलबार, मंसिर १३ २०७९

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९८ पैसा कायम भएको छ । 
सोमबार डलरको खरिद मूल्य १३० रुपैयाँ ४० ४० पैसा र बिक्री मूल्य १३१ रुपैयाँ थियो ।

युरोपियन युरोको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा रहेको छ।

१० जापानी येनको खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम भएको छ । चिनियाँ युआनको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, साउदी अरेवियन रियालको खरिदमूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगेटको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।