बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘मद्रासी हिरो’ मा हेरुका र अनिताको अभिनय, बबाल बन्यो भिडियो

सोमबार, मंसिर १२ २०७९

काठमाडौँ – हेरुका लामाद्धारा निर्देशित ‘मद्रासी हिरो’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी हेरुका लामाको अफिसियल युटुब च्यानल हेरुका लामाबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कर्माध्वज लामा र जीतु लोप्चनको आवाजमा सजिएको गीतलाई सुशिल तामाङले लेखेका तथा संगीत गरेका हुन । गीतको भिडियोमा निकै चर्चित नृत्य निर्देशक हेरुका लामा,अनिता गोले र अजयकुमार रन्जितकारको अभिनय देख्न सकिन्छ । साथमा थुप्रै कलाकारहरुको नृत्य समावेश गरिए ‘मद्रासी हिरो’ मा फाइट सिनहरु समेत समावेश गरिएको छ । उक्त भिडियो एक्सन प्रधान भिडियोका रुपमा देखाइएको छ ।

गीतको भिडियो निकै आकर्षक रुपमा निर्माण गरिएको छ । भिडियोमा प्रेमध्वज लामा र भारती तामाङले निर्माण गरेका हुन । भिडियोलाई आकर्षक रुपमा छयाँकन तथा सम्पादन बज्र ङेसुरले आफनो कला देखाएका छन ।