बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चितवन फकाउदै प्रचण्ड !

आइतबार, कार्तिक २७ २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको बताएका छन्।

शनिबार सत्ता गठबन्धनले चितवनमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै चितवनको विकासका कामलाई निरन्तरता दिने बताउँदै प्रचण्डले भने,‘गोरखा गएको भनी चितवन छाडेको भन्ने अर्थमा नबुझिदिनुहोला।’

चितवन–३ मा माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीलाई जिताउन अपिल गर्दै उनले सत्ता गठबन्धनका कार्यकर्ता कसैको बहकाउमा लाग्न नहुने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेता उक्त सभामा सहभागी छन्।