काठमाडौँ – एकीकृत समाजवादीका दुई चर्चित अनुहार हुन रामकुमारी झाँक्री र जगन्नाथ खतिवडा । दुवै जान विद्यार्थी राजनीतिबाट आएका नेता पनि हुन् । खतिवडा अखिलको अध्यक्ष हुन पाएनन तर झाँक्री चुनावी प्रतिस्पर्धाबाट अध्यक्षमा निर्वाचित भईन् ।
झाँक्रीभन्दा पुराना नेता भएका कारण खतिवडा पार्टीमा उपमहासचिव रहेका छन् र सचिव छिन् झाँक्री । उनीहरु अहिले दुवै प्रत्यक्ष निर्वाचनका लागि प्रतिपस्र्धामा रहेका छन् । खतिवडा उदयपुर २ र उम्मेदवार छन् भने झाँक्री गुल्मी १ बाट प्रतिस्पर्धा गर्दैछिन् ।
०५६ सालमा चुनाव जितेका खतिवडा बीचमा टिकट नपाएर बसेका नेता हुन् । झाँक्री भने पहिलोपटक प्रत्यक्ष चुनावको प्रतिस्पर्धामा छिन् । अहिले उनीहरु दुवै जना गठबन्धनको तर्फबाट उम्मेदवार भएपनि चुनाव जित्नका लागि भने निकै सकसमा रहेको रिपोर्ट जिल्लाहरुबाट आइरहेको छ । एकीकृत समाजवादीको चुनाव परिचालनसम्बन्धी केन्द्रीय संयन्त्रमा खतिवडा र झाँक्रीलाई चुनाव जित्न गाह्रो पर्ने रिपोर्टिङ भएको स्रोत बताउछ ।
माधव कुमार नेपालको समाजवादी पार्टी स्रोतका अनुसार, खतिवडालाई कांग्रेसका बागीले आच्छुआच्छु पारेका छन् । कटारी नगरपालिका क्षेत्रका रामकुमार राईले बागी उम्मेदवारी दिएका छन् । उनी नगरपालिकाको मेयरमा पराजित भएका थिए र पराजयको कारण खतिवडा हुन् भन्ने राईले गुनासो गर्ने गरेका छन् ।
यो कटारी नगरपालिका क्षेत्रको मत नै अहिलेको चुनावका लागि निर्णायक भन्ने स्थिति रहेको छ । त्यसैले, खतिवडालाई त्यहाँ मत काटिने अवस्थामा चुनाव जित्न निकै सकस पर्ने टिप्पणी भइरहेको छ ।
यो नगरपालिकामा करिब ४१ हजार मत रहेको छ । त्यसबाहेक गाउँ-ठाउँमा कम जाने र जन सम्पर्क जनजनसँगको घुलमिल पनि कम गर्ने नेतामा पर्छन् खतिवडा । त्यसको असर पनि परिरहेको मतदाताहरु बताउछन् ।
उता, एमालेको उम्मेदवारलाई प्लस हुने आंकलन गरे पनि उनी चर्चित स्थानीय नेता भन्दा पनि त्यो क्षेत्रका चर्चित ठेकेदार भएकोले एमालेका लागि अलिक सहज भने नदेखिएको नेताहरु बताउँछन् ।
उता, झाँक्रीको सन्दर्भमा भने चर्चित नेता गोकर्ण विष्टको जनतासँग घुलमिल गर्ने शैली र व्यक्तिगत सम्बन्धका कारणले पनि झाँक्रीलाई ‘रेड जोन’बाट बाहिर निस्किन समस्या परेको छ । त्यसमाथि कांग्रेसभित्रको असन्तुष्ट पक्षलाई पनि झाँक्रीले व्यवस्थापन गर्न सकिरहेकी छैनन् । त्यसैले अहिले समाजवादीको केन्द्रीय कार्यालयमा यी दुई नेता ‘रेड जोन’ रहेकाले उनीहरुलाई जिताउन सकस पर्ने रिपोर्टिङ भइरहेको खबर छ । साँघुबाट