काठमाडौ चैत २१
नेप्से आज छ दसमलव ५९ अंकले घटेर १६ सय ६० दसमलव ५२ अंकमा झरेको छ । नेप्से सेन्सिटिभ पनि एक दसमलव २२ अंकले घटेर तीन सय ६० दसमलव ९८ अंकमा झरेको छ ।
एक सय ४४ कम्पनीहरुको १३ हजार एक सय ७१ वटा कारोवारमा ४३ लाख २० हजार पाँच सय ५१ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम दुई अर्ब ५२ करोड २५ लाख ४९ हजार छ सय ३३ रुपैयाँ पुगेको छ । आठ वटा समुहको कारोवार भएकोमा व्यापार र बीमा समुहको कारोवार बढेर बाँकी समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ६७ दसमलव ६५ अंकले बढेर आठ हजार छ सय ५२ दसमलव एक अंकमा कायम रहेकोमा एक अर्ब तीन करोड ९६ लाख १० हजार रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक सात दसमलव २८ अंकले घटेर १५ सय ५७ दसमलव १४ अंकमा कायम रहेकोमा ९८ करोड ३४ लाख ४९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि ३५ दसमलव ३९ अंकले घटेर दुई हजार एक सय १६ दसमलव ११ अंकमा कायम रहेकोमा ३० करोड ३० लाख ७६ हजार रुपैयाँ सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक २९ दसमलव ५२ अंकले घटेर दुई हजार ४९ दसमलव ६९ अंकमा कायम रहेकोमा सात करोड १३ लाख २६ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, फाइनान्स र अन्य समुहको कारोवार पनि आज घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ राष्ट्रिय बीमा कम्पनी १६२७४००१ १०
२ एभरेष्ट इन्स्योरेन्स २२६९ ९.९९
३ प्रुडेन्सीयल इन्स्योरेन्स १३२० ९.९८
४ गुराँस लाईफ इन्स्योरेन्स १०१७ ९.९५
५ नमस्ते बित्तीय संस्था ५१० ९.९१
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ महिला सहयात्रा बित्तीय संस्था १०६० ७.८२
२ स्वालम्वन लघुबित्त बिकास बैक १६३० ७.६४
३ ग्रिन डेभलपमेन्ट बैक ४७५ ६.८६
४ निर्धन उत्थान बैक १६७० ६.७०
५ आईसीएफसी फाईनान्स २७७ ६.४४