बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विवाहको पूर्वसन्ध्यामा अभिनेत्री ठक्करले गरिन् आत्महत्या

मंगलबार, कार्तिक १ २०७९

मुम्बई । चर्चित टेलिभिजन अभिनेत्री वैशाली ठक्करले विवाहको पूर्वसन्ध्यामा आत्महत्या गरेकी छन् । उनको अक्टोबर २० मा विवाह हुँदै थियो । आफ्नो नयाँ जीवन सुरु गर्नुअघि, अभिनेत्रीले आफ्नो जीवन समाप्त गरेकी हुन्। विवाहको चार दिनअघि वैशाली ठक्कर मृत्युलाई अँगालेर आफ्ना प्रियजनबाट सदाका लागि टाढा भइन् ।

मिडिया रिपोर्टका अनुसार वैशाली मितेशसँग बिहे गर्ने तयारीमा थिइन् । उनी क्यालिफोर्नियामा बस्ने सफ्टवेयर इन्जिनियर समेत हुन्। वैशालीले सुसाइड नोटमा आफ्ना अभिभावकसँग माफी मागेकी छन् । उनले अब सहन नसक्ने लेखेकी छन् । आफू असल छोरी बन्न नसकेको समेत उनले उल्लेख गरेकी छन् । वैशालीले सुसाइड नोटको अन्त्यमा आइ क्विट पनि लेखेकी छन्। वैशालीको सुसाइड नोटबाट यो कुरा स्पष्ट भएको छ कि राहुल नवलानी नामका व्यक्तिका कारण उनी निक्कै दुःखी भएको बुझ्न सकिन्छ ।

वैशालीले टिभीको लोकप्रिय शो ‘ये रिश्ता क्या कहलाता है’बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । उनी ससुराल सिमर का मा पनि देखिएकी थिइन् । यस बाहेक वैशालीले सुपर सिस्टर, मनमोहिनी सिजन–२ लगायत धेरै शोमा राम्रो काम गरेकी छन् ।

-एजेन्सी