मुजफ्फरनगर÷भारत, १८ चैत ।
मुजफ्फरनगरको एक छात्रावासमा वार्डेनको लज्जाजनक कर्तुत वाहिर आएको छ । वार्डेनलाई सो महिला छात्रावासका ७० जना केटीलाई निवस्त्र पारेर जाँच गरिएको आरोप लगाएको छ । उनले ‘महिनावारी’ हुँदा निश्कने रगत जाँच गर्न निवस्त्र पारिएको हो ।
यो घटनाको जानकारी हुनासाथ वार्डेनलाई तत्काल निलंम्वन गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ । राज्य सरकारका मन्त्री श्रीकान्त शर्माले भने ‘गम्भीर घटना हो । मैले जानकारी पाउँनासाथ सम्वन्धित अधिकारीलाई अनुसन्धान र कारवाहीको आदेश दिएको छु ।’ निवस्त्र पारिएका केटीहरूले भने महिनावारी चेक गर्नकै लागि आफूहरूलाई नांगो पारिएको बताएका छन् । छात्रावासका महिलाहरूले यस घटनाप्रति तिब्र आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पनि यसको तिब्र विरोध छ ।
वार्डेनले भन्छिन् ‘बाथरुममा रगत देखिएपछि मलाई केटीहरुको स्वास्थ्यको चिन्ता लाग्यो र चेक गरिएको हो । म केटीहरूको पढाइलाई बढी ध्यान दिन्छु । मेराविरुद्ध केटीहरूलाई कसैले भड्काएको छ ।’ (एजेन्सीको सहयोगमा)