बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी नै टिकटबाट बञ्चित

मंगलबार, असोज २५ २०७९

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी नै टिकटबाट बञ्चित भएका छन् ।

उनी आवद्ध दल नेकपा माओवादी केन्द्र रोल्पाले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिंदा उनी आसन्न निर्वाचनमा उमेदवार हुनबाट बन्चित भएका हुन् ।

सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले रोल्पाको प्रतिनिधि सभा र प्रदेश सभा (क) नेकपा माओवादी केन्द्र तथा प्रदेश सभा (ख) नेपाली कांग्रेसको भागमा पर्यो ।

केन्द्रीय गठबन्धनको भागबण्डा अनुसार पार्टी केन्द्रले प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले टिकट पाएका थिए । प्रदेश सभा (ख) गठबन्धनमा आवद्ध अर्को दल नेपाली कांग्रेसको भागमा परेपछि मुख्यमन्त्री केसी दुवै क्षेत्रको टिकटबाट बन्चित भएका हुन् ।

केसी २०७४ सालको निर्वाचनमा रोल्पा प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए । उक्त क्षेत्र यस पटक नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वस्वकीय सचिव जोखबहादुर महरा (प्रताप)ले रोजेपछि मुख्यमन्त्री केसी आफ्नै निर्वाचन क्षेत्र प्रदेश सभा (ख) गएका थिए ।