बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रचण्डको सचिवालयले भन्यो :  कुनैपनि बहानामा निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन

सोमबार, असोज १७ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कुनैपनि बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट नभएको बताएको छ ।
प्रचण्ड सचिवालयकी प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमार्फत प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनुपर्ने अनिवार्यता भएको जिकिर गरेकी छिन् । 
साथै उनले आसन्न निर्वाचनको तयारीका लागि समानुपातिक उम्मेदवारको बन्दसूचिको काम टुंगिएको छ । अब केही दिनमा सीट बाँडफाँडसँगै उम्मेदवारीको समेत अन्तिम काम सम्पन्न हुने जानकारी दिँदै लेखेकी छन् – ‘एउटा जीवन्त पार्टीभित्र उम्मेदवारको आकांक्षा राख्ने, जनतामाझ आफूलाई योग्य साबित गर्ने चाहना धेरै कमरेडको हुनु स्वभाविकै हो । तर धेरै योग्य र सक्षमहरु भएको हाम्रो गौरवशाली पार्टीमा सबैले उम्मेद्वार बन्नु सम्भव थिएन र छैन पनि । त्यसैले यसपटक पार्टीले केही निश्चित मापदण्डका आधारमा उम्मेदवारको  सिफारिस गर्न मातहतका कमिटिहरुलाई निर्देशन समेत गरेको थियो ।’ 

उनलेलेखेकी छन् – प्रतिगमनलाई परास्त गर्न  जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनैपर्ने अनिवार्यतामा हामी छौं । हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन । पार्टीले यिनै तथ्यलाई मनन गर्दै भए गरेका निर्णयहरुलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो । 
त्यसैले शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राख्दै निर्वाचनको यो महाअभियानमा पार्टीको गोरवशाली इतिहासलाई मनन गर्दै आ-आफ्नो ठाउँबाट सक्रिय भएर माओवादीलाई पहिलो ठुलो दल बनाउन सक्रिय हुन आग्रह समेत गरेकी छन् ।