बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल टी-ट्वान्टी लिग मंसिर २६ गतेबाट हुने

बुधबार, असोज १२ २०७९

काठमाडौँ : नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण आगामी मंसिर २६ गतेबाट सुरु हुने भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।

क्यानले लिगको नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको समेत जनाएको छ ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी अल स्टार र फार वेस्टर्नले प्रतिस्पर्धा गर्ने छन् ।

यस अघि प्रतियोगिता  असोज ८ बाट कात्तिक ५ सम्म हुने तालिका थियो  ।  तर, सुरक्षाको कारण क्यानले मंसिरसम्मका लागि सारेको थियो।

प्रतियोगिताका लागि  क्यानले ड्राफ्ट गरिसकेको छ । जसबाट सहभागी ६ टोलीले मार्की र विदेशी सहित सबै खेलाडी अनुबन्ध गरिसकेको छ ।