बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आरआरमा एमाले अखिलको प्यानलै विजयी

बुधबार, चैत्र १६ २०७३

कठमाडौँ, १६ चैत ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ । 
मंंगलबार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६ सय ९९ मत ल्याई अध्यक्षमा निर्वाचित भएका निर्वाचन अधिकृत हरि पराजुलीले जानकारी गराए । शाहीसहित सचिव, कोषाध्यक्ष र ८ सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको हो । 
उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संंघका उत्तमवहादुर साउदले तीन सय  ६७ मत प्राप्त गरेका छन् ।  सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटा तथा अन्य ८ सदस्य निर्वाचित भएका छन् ।  सदस्यहरुमा मदन भण्डारी, दीपक खतिवडा, उज्वल न्यौपाने, जनक शाही, दिनेश बजगाँई, श्याम विक, सुजिता ढकाल र उर्वर सिंह रहेका छन् । 
उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत समानुपातिक पदाधिकारी निर्वाचनमा आएको मतको आधारमा पछि चयन गरिने निर्वाचन अधिकृत पराजुलीले जानकारी गराए । 
मंंगलबार भएको निर्वाचनमा एक हजार दुई सय ७६ विद्यार्थीले मतदान गरेका थिए । दुईपटक स्थगित भएको निर्वाचन सर्वोच्च अदालतले २ चैतमा निर्वाचन गर्न अन्तरिम आदेश दिए पछि मंगलबार निर्वाचन भएको हो । 
निर्वाचन प्रक्रियामा अनेरास्ववियु (क्रान्तिकारी) सहभागी भएको थिएन ।