बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एभरेष्ट बैंकद्धारा निक्षेपको ब्याजदरमा समायोजन

बिहिबार, चैत्र ३ २०७३

काठमाडौ चैत ३ 
वर्तमान तरलताको परिस्थितिलाई मध्यनजर गरी उपयुक्त वातावरण सृजनाका लागी नेपाल राष्ट्र बैंक ले ल्याएको निर्देशन अनुसरण गर्दै एभरेष्ट बैंक ले निक्षेपको व्याजदर समायोजन गरेकोछ । शुरुवातको लागीबैंकले  अधिकत्म ब्याजदर भएको मुद्दती खातामा ०.५०% ले घटाएको छ । साथै, नेपाल राष्ट्र बैंक को निर्देशन बमोजिम बैंक कले कल खाताहरुको ब्याजदर पनि क्रमशः घटाउदै लगेको छ । यसरी बचतमा ब्याज घटाउदा, व्यावसायी÷उद्योगीहरुले उचित ब्याजदरमा कर्जा पाउन मद्दत पुग्नेछ ।      
एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।