मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

थप २२७ जनमा कोरोना संक्रमण

शुक्रबार, भाद्र २४ २०७९

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा दुई सय २७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गर्दा दुई सय २७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा एक सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ।