कस्तुप पन्तको शब्द र सँगीत सिर्जनामा रहेको “भनिदेन ए मन” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा सजिएको यस गीतको भिडियोमा दिलिप ओखेडा,नरेश लामिछाने र दिपिका थापाको बेजोड अभिनय देख्न सकिन्छ।
प्रकाश खड्काको छायांकन,मिलन बिकको सम्पादन रहेको यस गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।