बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जस्मिन पेन्ट्स द्वारा सम्मान

मंगलबार, माघ २५ २०७३

 देशको विभिन्न शहरहरुमा पेन्टर तथा व्यवसायी वीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्दै आएको जस्मिन पेन्ट्स प्रा.लि. ले यस वर्षको अन्तिम कार्यक्रम मिति २०७३÷१०÷२५ गते राजधानी काठमाण्डौमा सम्पन्न गरेको  छ ।  
    जस्मिन पेन्ट्स नेपालका व्राण्ड एम्वेस्डर द्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य “महजोडि” को विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा पुरस्कृत पेन्टर मजदुर साथीहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको छ ।
           कार्यक्रममा बोल्दै एम्वेस्डर द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशका धेरै उत्पादनहरु गुणस्तरीय बन्दै गइरहेकोले उपभोक्तालाई निर्धक्क भएर प्रयोग गर्न आव्हान गर्नु भयो । त्यसो हुन सके मात्र देश संम्वृदिको मार्गमा अगाडी बढ्न सक्ने विषयमा  विशेष जोड दिए ।

   कम्पनिका कन्ट्रि म्यानेजर रविन शर्मा भुषालले  कम्पनिका महत्वपूर्ण उत्पादनहरु रोयल ग्लेज  एक्स्टेरियर इमोल्सन र पेन्ट होम एण्ड ट्रिमको बारेमा पनि जानकारी गराउनु भएको  सो कार्यक्रममा देशका विभिन्न शहरहरुमा पेन्टर उपहार योजना भाग –३ अन्र्तगत उपहार विजेता पेन्टर मजदुरहरुलाई मोटरसाइकल, फ्रिज, टि.भि, ल्यापटप लगायतका पुरस्कारहरु वितरण गरिएको बारे जानकारी गराइयो । कार्यक्रमको संचालन युवराज पाण्डेय ले गरेका थिय  ।