बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुकुरलाई पनि मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

बिहिबार, भाद्र २ २०७९

न्युयोर्क । मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले  मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । 

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस भेटिएको थियो । फ्रान्सको राजधानी पेरिसमासँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको रिपोर्ट गरिएको थियो ।

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो ।  हामी विश्वास गर्छौं कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भनेका छन् ।
मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्शाउन सबैलाई अनुरोध गरेको छ । 
एजेन्सी