काठमाडौ माघ १८
नेप्से आज १६ दमसलव नौ अंकले बढेर १३ सय २६ दसमलव ६० अंकमा सिमित भएको छ । सेन्सिटिभ पनि चार अंकले बढेर दुई सय ८८ दसमलव सात अंकमा सिमित भएको छ । एक सय ३७ कम्पनीहरुको चार हजार तीन सय ९५ वटा कारोवारमा १६ लाख ४९ हजार सात सय ९८ कित्ता सेयर खरिद बिक्री हुदा ५२ करोड ८५ लाख ७९ हजार नौ सय रुपैयाँको कारोवार भएको छ ।
आठ वटा समुहको कारोवार भएकोमा आज दुई वटा समुहले गुुमाएकाछन भने छ वटा समुहले कमाएकाछन । होटल समुहको सुचक एक सय नौ दसमलव सात अंकले बढेर १७ सय ५६ दसमलव ५४ अंकमा कायम रहेकोमा २६ लाख चार हजार तीन सय एक रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक २५ दसमलव ४४ अंकले बढेर १२ सय ७३ दसमलव ४३ अंकमा कायम रहेकोमा २२ करोड ३७ लाख १४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक १३ दसमलव १५ अंकले बढेर १५ सय ६० दसमलव ९८ अंंकमा कायम रहेकोमा दुई करोड ५९ लाख ७१ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक भने आज २८ दसमलव ४२ अंकले घटेर पाँच हजार सात सय आठ दसमलव ८२ अंकमा कायम रहेकोमा १३ करोड २८ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । अन्य समुहको सुचक पनि आज घटेको छ ।
यसैगरी आज फाईनान्स र उत्पादनमुुलक समुहले पनि कमाएकाछन । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ सोल्टी होटल लिमिटेड २८७ ९.९६
२ श्रिराम सुगर मिल ११४ ९.६२
३ कालिका माईक्रो क्रेडिट १४१५ ८.४३
४ सगरमाथा फाईनान्स २३१ ७.४४
५ सेञ्चुरी बैक २९३ ७.३३
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ गुराँस लाईफ इन्स्योरेन्स ५९४ १०
२ एनएमबी बैक (संस्थापक) २९७ ९.१७
३ फष्र्ट माईक्रो फाईनान्स ७४९ ७.५३
४ सिद्धार्थ इन्स्योरेन्स कम्पनी १०८६ ७.१७
५ एनएलजी इन्स्योरेन्स कम्पनी १०४८ ६.००