बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल इन्भेष्टमेन्ट बैकको नाफा एक अर्ब ६४ करोड

मंगलबार, माघ १८ २०७३

काठमाडौ माघ १८
नेपाल इन्भेष्टमेन्ट बैकले यही पुस मसान्तसम्ममा एक अर्ब ६४ करोड दुई लाख ९४ हजार खुद मुनाफा कमाएको छ ।  गत आवको सोही अवधिमा बैकको यस्तो मुनाफा एक अर्ब सात करोड ८१ लाख ८४ हजार रुपैयाँ रहेको थियो । 
आठ अर्ब ७० करोड ६६ लाख १२ हजार रुपैयाँ चुक्ता पुंजी रहेको बैकले यही पुस मसान्तसम्ममा एक खर्ब १६ अर्ब ६० करोड ३८ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ७० करोड ९९ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा पाँच अर्ब दुई करोड ६० लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा दुई अर्ब ३७ करोड ८२ लाख १६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । संभावित जोखिम व्यवस्थापन रकम २८ करोड दुई लाख १४ हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम भने ११ करोड २५ लाख ३९ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव ७० प्रतिसत रहेको बैकको स्प्रेड दर भने चार दसमलव ४६ प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा बैकले ९८ अर्ब आठ करोड १२ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ४८ करोड २६ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।