बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

शनिबार, साउन २८ २०७९

काठमाडौँ : नेपालमा शुक्रबार एकैदिन ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पिसिआर विधिबाट ४ हजार ७ सय १२ जनाको नमूना परीक्षण गर्दा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार २९० जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ र २ हजार ४ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६२ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ।