बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डिप्रोक्स लघुबित्तलाई २५ करोडको हकप्रद सेयर जारी गर्ने

सोमबार, माघ १० २०७३

काठमाडौ माघ १० 
डिप्रोक्स लघुबित्त बिकास बैकले हकप्रद सेयर जारी गर्नको अनुमती पाएको छ  । नेपाल धितोपत्र बोर्डले बैकलाई हाल कायम रहेको चुक्ता पुंजीको एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी २५ करोड ७९ लाख २३ हजार आठ सय ४५ रुपैयाँ बराबरको २५ लाख ७९ हजार दुई सय ३८ कित्ता हकप्रद सेयर निष्काशनको लागि स्वीकृती दिएको हो ।  
हाल चुक्ता पुंजी २५ करोड ७९ लाख रुपैयाँ रहेको बैकले आव २०७२—०७३ को खुुद मुनाफा मध्येबाट ३५ प्रतिसत बोनस सेयर बितरण गर्न लागेको छ । बोनस सेयर र हकप्रद सेयर बितरण पश्चात बैकको चुक्ता पुंजी ६० करोड रुपैयाँको हाहाराहारीमा पुग्ने छ । बैकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।