बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनसीसी बैंकको नाफा बढ्यो 

मंगलबार, साउन १० २०७९

एक आर्थिक बर्षमा कमायो दुई अर्ब दुई करोड रुपैंयाँ खुद मुनाफा

 काठमाडौं – नेपाल क्रेडिट एण्ड कर्मश बैंक (एनसीसी) ले आर्थिक बर्ष २०७८–०७९ मा दुई अर्ब दुई करोड २२ लाख २२ हजार दुई सय ७३ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ३३ करोड छ लाख २५ हजार दुई सय ६३ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैंयाँ रहेको बैंकले आव २०७८–०७९ मा एक खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार नौं सय ६९ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब १९ करोड चार लाख ५० हजार चार सय १९ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब १५ करोड ५६ लाख ५१ हजार सात सय ८४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव छ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४७ करोड ४२ लाख ८७ हजार दुई सय ७० रुपैंयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब छ अर्ब ६६ करोड ७१ लाख ५२ हजार पाँच सय ९० रुपैंयाँ निक्षेप संकलन गरी ९४ अर्ब ५८ करोड २१ लाख ६७ हजार छ सय ८८ रुपैंयाँ कर्जा प्रवाह गरेको  थियो । उक्त अवधिमा तीन अर्ब १४ करोड ९८ लाख ८५ हजार पाँच सय ३६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७६ प्रतिशत रहेको थियो ।