बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नाडा अटो एक्सपो २०२२ स्थगित 

सोमबार, साउन ९ २०७९

काठमाडौं – २०७९ साल भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित भएको छ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गते देखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर २०७९ भाद्र १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै एक सय ५० सि.सि भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल यस्तो निर्णय गर्न वाध्य भएको छ ।

 नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आईतबार काठमाण्डौमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले सो जानकारी दिनु भएको हो ।