काठमाडौँ – प्रभु बैंकले आर्थिक वर्ष २०७८–०७९ मा दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आ.व.मा भने बैंकको यस्तो नाफा एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैंयाँ रहेको बैंकले आ.व २०७८–०७९ मा एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब १८ करोड दुई लाख ८९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । चार दशमलव ३२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैंयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ६४ अर्ब ८५ करो पाँच लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख ७४ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब दुई करोड ३३ लाख पाँच हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६८ प्रतिशत रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६५ प्रतिशत रहेको थियो ।