बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्र बैंकद्धारा छिटो मर्जर तथा प्राप्तीमा जान नैतिक दबाव

शनिबार, साउन ७ २०७९

पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरे मात्र छुट पाईने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई छिटो मर्जर तथा प्राप्तीमा जान र छिटो छिटो नैं मर्जर तथा प्राप्ती प्रकृया पुरा गरी एकीकृत कारोबार सञ्चालक गर्न नैतिक दवाव दिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक बर्ष २०७९–०८०को लागि मौद्रिक नीति सार्वजनिक गर्दे मर्जरको लागि नैतिक दवाव दिएका हुन । 

सो अनुसार वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र राष्ट्र बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिस म्बन्धी छुट तथा सुविधा प्राप्त गर्न सक्ने छन् । यसले गर्दा मर्जरको प्रकृयामा रहेका बैंक तथा फाईनान्स कम्पनीहरु ढिलासुस्ती नगरी मर्जर तथा प्राप्तीमा सामेल हुने बिस्वास राष्ट्र बैंकले लिएको छ । बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि स्रोतको रुपमा गणना गरिरहेकोमा त्यस्तो गणना गर्न सकिने अवधि २०८० असार मसान्तसम्म रहने व्यवस्था मिलाउने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न तयार गरिने ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाउने नीति अघि सारेको छ ।