शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एसपीपीबारे गोकुल बाँस्कोटाको कटाक्ष : देउवा थामिन नचाहने सुप्रिमो, डामिन नचाहने

बिहिबार, साउन ५ २०७९

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी) लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्–

गाह्रो छ ओ ! गठबन्धनलाई पनि।बाह्रबुदे ब्याख्याले टारेका थिए।अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ।एसपीपीको नयां रूपको ब्याख्याका लागि।देउवा थामिन नचाहने सुप्रिमो,डामिन नचाहने।तर लास्टा उही हो !