शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ 

बिहिबार, साउन ५ २०७९

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् ।

६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा विहीवार पद तथा गोपनियताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए । 

श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समरोहमा सरिक भएका थिए । 

-एजेन्सी