काठमाडौं । संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग लिन थालेको छ।
अनधिकृत व्यक्तिको प्रवेश गराएर बजेटमा करका दरमा चलखेल गरेकोबारे बयान लिन पूर्वअर्थमन्त्री शर्मालाई समितिले बोलाएको हो । शर्माले बयान दिनका लागि सिंहदरबारस्थित समितिको बैठक कक्षमा आइपुगेको समितिका एक सदस्यले जानकारी दिए।
शर्माको बयान लिन समितिका ११ जना नै सदस्यहरु नै बैठकमा सहभागी भएका छन् । तत्कालीन अर्थमन्त्री शर्मामाथि निश्चित व्यापारिक घरानालाई लाभ र निश्चितलाई हानि पुर्याउने गरी बजेटमा चलखेल गराएको आरोप छ ।
उक्त आरोप पछि शर्माले पदबाट राजीनामा दिएका छन् ।
हिजो बसेको समितिको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय थियो ।